ट्रेण्डिङ

होमपेज / समाज

नेपाली भूमिमा भवन बनाएका छैनौं : चीन

नेपालगाथा २०७७ आश्विन ७ गते बुधबार ०७:४०:४३ मा प्रकाशित

काठमाडौं । चीनले नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको दाबी गरेको छ । उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने जनाएको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको सो धारणा आएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’ नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top