ट्रेण्डिङ

होमपेज / समाज

डाक्टर केसीलाई प्रहरीले ट्रमा सेन्टरमा पुर्‍यायो

नेपालगाथा २०७७ आश्विन ६ गते मंगलबार १४:५०:१५ मा प्रकाशित

काठमाडौं । जुम्लाबाट १९ औं पटकको अनसनकै क्रममा नेपालगञ्‍ज हुँदै मंगलबार काठमाडौं आइपुगेका डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। नेपालगञ्‍जबाट ११ : १५ बजेको बुद्ध एयरको जहाजमा आएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो। राष्ट्रिय ट्रमा सेन्टरमा हाल वीर अस्पतालमा दिइने उपचार सेवा सञ्‍चालन हुँदै आएको छ। 

केसीका सहयोगी प्रितम सुवेदीले केसीलाई प्रहरीले जवरजस्ती ट्रमा सेन्टर लगेर आकस्मिक कक्षमा लगिएको बताए। केसीले त्रिवि शिक्षण अस्पताल जाने इच्छा देखाए पनि प्रहरीले उनलाई ट्रमा लगेको हो। आफ्नो सेवा अवधिभर त्रिवि शिक्षण अस्पतालमा काम गरेका केसीले गत वर्ष अवकाश लिएका थिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्‍चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते अनशन सुरु गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top