ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा देशभर ११५४ संक्रमित थपिँदा १००५ जना डिस्चार्ज

नेपालगाथा २०७७ आश्विन ५ गते सोमबार १७:३८:३० मा प्रकाशित

काठमाडौं । नेपालमा थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार यही समयमा १ हजार ५ संक्रमित कोरोनामुक्तसमेत भएका छन्।  

यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना भएका उनले बताए। आजको पिसिआर ९ हजार ५ सय ३३ रहेको र देशभर ७ हजार ४ सय ३ जना क्‍वारेन्टाइनमा बसिरहेका छन्। आजसम्म देशभर ७२ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका गाैतमले जानकारी दिएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top