ट्रेण्डिङ

होमपेज / समाज

एकैदिन थपिए २ हजार २० कोरोना संक्रमित, ८७१ जना डिस्चार्ज

नेपालगाथा २०७७ आश्विन २ गते शुक्रबार १६:५६:२३ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको जानकारी दिए ।त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७१ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा ४३ हजार ८ सय २० जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय ९० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top