ट्रेण्डिङ

होमपेज / समाज

जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रभावित

नेपालगाथा २०७७ आश्विन २ गते शुक्रबार १३:०४:०६ मा प्रकाशित

सिमकोट । जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय हुम्लामा दरबन्दीअनुसारका कर्मचारी नभएपछि सेवा प्रभावित हुने गरेको छ । दरबन्दी अनुसारका कर्मचारी अभावले प्रमुख जिल्ला अधिकारी कार्यालयका सामान्य काममै अल्मलिएपछि शान्ति सुरक्षालगायतका महत्वपूर्ण काम प्रभावित भएका हुन् ।

कार्यालयमा प्रजिअ, सहायक प्रजिअ, तीन नायबसुब्बा, चार खरिदारको दरबन्दीमध्ये पूरा कर्मचारी नभएपछि नियमित काम प्रभावित भएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए । ‘एकैजनाले दुई/तीन फाँट धान्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘दरबन्दीअनुसारका कर्मचारी नहुँदा कार्यालयका अधिकांश फाँट बन्द हुने अवस्थामा छन् ।’ रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top