ट्रेण्डिङ

होमपेज / समाज

एकल महिलालाई राहत वितरण

नेपालगाथा २०७७ भाद्र ३१ गते बुधबार २१:३९:२६ मा प्रकाशित

सुर्खेत । अछाम जेसिजले मंगलसैन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमण तथा जोखिम बढिरहेका बेला समस्यामा परेका दैनिक ज्यालादारी काम गर्ने तथा वडाका विपन्न, एकल महिला, बालबालिका गरी ६० जनालाई खाद्यान्न सामाग्री सहित राहत वितरण गरिएको हो ।

बिआर्सी नेपालको आर्थिक सहयोग, मंगलसेन नगरपालिकाको समन्वय र अछाम जेसिजको आयोजनामा मंगलसैन नगरपालिका वडा नम्बर १४ कालागाउँ र वडा नम्बर ६ मा वितरण गरिएको राहतमा प्रति व्यक्ति २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, २ वडा हात धुने साबुन, १ केजी चिनी र १ केजी नून गरी कम्तीमा १४ दिन सम्म खान पुग्ने खाद्यान्न सामग्री भौतिक दूरी कायम गर्दै वितरण गरिएको अछाम जेसिज वर्ष २०२० का अध्यक्ष तुलाराम बिसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top