ट्रेण्डिङ

होमपेज / समाज

‘राष्ट्रिय बाल दिवस, २०७७’को अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना

नेपालगाथा २०७७ भाद्र २९ गते सोमबार १६:२०:०९ मा प्रकाशित

सुर्खेत । “विपद्मा बाल अधिकारको सुनिश्चितता: हामी सबैको साझा प्रतिबद्धता” भन्ने मूल नाराका साथ मनाउन लागिएको ‘राष्ट्रिय बाल दिवस, २०७७’को अवसरमा कर्णाली प्रदेशका प्रमुख गाेविन्दप्रसाद कलाेनीले सम्पूर्ण बालबालिकाहरूमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

साेमबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेशका प्रमुख कलाेनीले नेपालले बाल अधिकार प्रत्याभूत गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धताहरूमा  समेत हस्ताक्षर गरिसकेकाले यसकाे अक्षरश: कार्यान्वयन गर्नु आजको प्रमुख दायित्व भएकाे बताउनुभएकाे छ । । 'नेपालको संविधान र कानूनले बाल अधिकार सुनिश्चितताको स्पस्ट व्यवस्था गरेकोले यी व्यवस्थाहरुकाे स्पष्ट कार्यान्वयनका लागि तीनै तहका राज्यका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको भूमिका अपरिहार्य हुन्छ ।' शुभकामना सन्देशमा भनिएकाे छ । 

“समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा पूरा गर्नमा योगदान पुर्याउन सबैमा आह्वान गर्दै प्रदेश प्रमुख कलाैनीले कोरोनाभाइरस (कोभिड १९)को महामारीका कारण सबै शैक्षिक संस्था बन्द रहेको वर्तमान अवस्थामा श्रोत साधनको सीमितताका बाबजुद बैकल्पिक माध्यमबाट भइरहेको पठनपाठनको प्रयासको सराहना गर्नुभएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top