ट्रेण्डिङ

होमपेज / समाज

असोज ७ गतेभित्र नेपालमा रेल आउने

नेपालगाथा २०७७ भाद्र २९ गते सोमबार १४:३१:०५ मा प्रकाशित

जनकपुरधाम । नेपालका लागि भारतमा बनेको रेल असोज ७ गतेभित्र जनकपुर आइपुग्ने निश्चित भएको छ । भारतको मद्रासस्थित इन्टीग्रल कोच फ्याक्ट्रीमा बनेको रेल अबको ७–१० दिनभित्र जनकपुरधाम आइपुग्ने निश्चित भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । राम–जानकी विवाह पञ्चमीको तिथिबाट रेल सञ्चालनमा आउने भनेर रेल विभागका पदाधिकारीले आश्वासन दिए पनि रेल जनकपुर नआउँदा स्थानीय निराश भएका थिए । 

‘अबको ७–१० दिनभित्र नेपाल सरकारले भारत सरकारसँग किनेको रेल जनकपुरधाम आइपुग्ने छ,’ महानिर्देशक मिश्रले लोकान्तरसँग भने, ‘भारतीय पक्षसँग सम्झौतामा हस्ताक्षर गर्ने जिम्मेवार एक व्यक्ति म आफैं भएकाले पनि विश्वास गर्नुपर्ने हुन्छ ।’ आगामी १० दिनभित्र रेल आउने कुरामा ढुक्क रहेका उनले बढीमा २ महिनाभित्र रेल सेवा सञ्चालनमा आइसक्ने समेत बताए । भारतको मद्रासस्थित कारखानामा बनेको रेल बिहारको हाजीपुरस्थित रेल्वे स्टेसनमा ६ महिनाअघि नै आइसकेको समेत उनले बताए ।

‘सम्झौता अनुसार मोबिलाइजेसनको २० प्रतिशत रकम नेपाल सरकारले बुझाइसकेको छ,’ मिश्रले भने, ‘बाँकी ८० प्रतिशत रकम रेल जनकपुर आएर परीक्षण भए पछि मात्र भुक्तानी गरिने छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top