ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाको खोप बाँडेर शक्तिशाली बन्दै चीन

नेपालगाथा २०७७ भाद्र २८ गते आइतबार ११:३२:१८ मा प्रकाशित

एजेन्सी। कोरोनाविरुद्धको खोप बनाएर संसारभरि बाँड्ने योजना चीनले बनाइरहेको छ । खोप सफल हुनुअघि नै चीनले अनेकौं देशलाई खोपको डोज दिने घोषणा गरिसकेको छ । 

द न्युयोर्क टाइम्समा छापिएको समाचारअनुसार, फिलिपिन्सलाई चिनियाँ खोप छिट्टै उपलब्ध गराइनेछ । क्यारिबियाली मुलुकहरूलाई चीनले एक अर्ब डलर ऋण दिएर खोप किन्न सहायता गर्दैछ । 

बंगलादेशलाई चिनियाँ कम्पनीले एक लाख खोपको डोज सित्तैमा दिनेछ । खोप परीक्षणका लागि चीनले पाकिस्तानसँग पनि सम्झौता गरिसकेको छ र परीक्षण चलिरहेको छ ।

त्यसो त चीनको कुनै पनि खोप पूरै सफल भइसकेको छैन । खोपहरूको अन्तिम चरणको परीक्षण जारी छ तर त्यसअघि नै चीन विभिन्न देशलाई आफ्नो खेमामा पार्न कोशिश गरिरहेको छ । 

तर खोप सफल हुन तथा ठूलो मात्रामा उत्पादन गर्न चीनलाई धेरै समय लाग्न सक्छ । 

अमेरिकाले कोरोना खोपका विषयमा विश्व स्वास्थ्य संगठनका तर्फबाट बनाइएको अन्तर्राष्ट्रिय गठबन्धनमा भाग नलिने बताएको अवस्थामा चीन महामारीपछिको विश्वमा शक्तिशाली देशका रूपमा देखापर्ने प्रबल सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top