ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा शनिबार मात्रै २१ जना कोरोना संक्रमित

कर्णालीमा कोरोना संक्रमित हुनेको कुल संख्या २ हजार ७ सय ७६

नेपालगाथा २०७७ भाद्र २७ गते शनिबार १७:०६:४९ मा प्रकाशित

सुर्खेत । कर्णालीमा शनिवार थप २१ जना कोरोना संक्रमित भएको छन् । प्रदेश अस्पताल/पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ७ सय ७६ पुगेको छ ।

शनिबार संक्रमित हुनेमा तीन जना थुनुवा, ८ जना सुरक्षाकर्मी र तीन जना बैंकका कर्मचारीहरु रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । उनीहरूकाे स्वाब जनस्वास्थ्य कार्यालय परिसरबाट संकलन गरिएकाे हाे ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेतका ६, दैलेख ५, बर्दियाका ३, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका १/१ जना रहेको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १६ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या दुईहजार तीनसय ९५ जना छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top