ट्रेण्डिङ

होमपेज / समाज

सिम्ता गाउँपालिका अध्यक्ष केसीलाई कोरोना पोजेटिभ देखिएपछि गाउँपालिका एक हप्ता बन्द

नेपालगाथा २०७७ भाद्र २५ गते बिहीबार ०८:५८:२९ मा प्रकाशित

​​​​​​सिम्ता । सुर्खेत सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीलाई कोरोना रिपोर्ट पोजेटिभ देखिएकाे छ । उहाँलाई काेराेना पाेजेटिभ देखिएपछि  गाउँपालिका एक हप्ता बन्द हुने भएको छ ।

सिम्ता गाउँपालिकाका कर्मचारी र अध्यक्षसँग सम्पर्कमा रहेका जनप्रतिनिधि, कर्मचारीहरु क्वारेन्टाइन बसिसकेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर राना, चालक निरक रावत र अध्यक्ष केसी भने बागेश्वरी माविको आइसुलेसन कक्षमा बसेका छन् । 

नागरिकको सुरक्षाका लागि केसीले कोरोना न्युनीकरण गर्न अहाेरात्र याेगदान गर्नुभएकाे थियाे । अध्यक्ष आफै आइसुलेसनमा रहेका कोरोना पोजेटिभ नागरिकलाई योगा सिकाउने कार्यमा खटिरहनुभएकाे थियाे । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top