ट्रेण्डिङ

होमपेज / समाज

किसानको ब्यथा

रामदत्त भट्ट

नेपालगाथा २०७७ भाद्र २२ गते सोमबार १४:३३:१५ मा प्रकाशित

किन यस्तो हुन्छ होला किसानको जीवन ।
धन,पैसा नभए नि पबित्र छ मन ।।
मेहनत गरी काम गर्छन धन कमाउला भनि । 
कमाएको धन सबै उत्पादनमै जाने ।।
किसानलाई यो राज्यले किन गर्छ हेला ।  
बिऊ छैन मल छैन खेती गर्ने बेला  ।।
भ्रष्टाचार,कमिशनले जता ततै छायो ।
किसानको फाइदा जति दलाल ले खायो ।।
राज्य सँग नीति छैन उत्पादन गर्ने ।
अन्त्यमा काम गर्दा गर्दै किसान नै हो मर्ने ।।
यै गतिले के होला र देशको उन्नति ।
बाँझो जग्गा जोतौ अब हुन्छ कि प्रगती ।।
कता होलान कृषि विज्ञ केहि गर्दै होलानकि ।
कृषिको बजेट कहिल्यै किसानलाइ देलानकि ।।
माथि देखि तल सम्म,तलदेखि माथी ।
के चाला हो योदेशको के भनौ हो साथी  ।।
साग तरकारी अन्नपात कसिानको धन ।
किसानलाइ हर्षित बनाइ जितौ उनको मन ।।
सेमीनार, तालिम, गोष्ठी किसानलाई गराऔं ।
कृषि ज्ञान दिने गरी ज्ञानको ज्योति छरौ ।।
जगौं सबै किसान साथी अब केही गरौं ।
बेला छैन भर पर्ने अघी आफै सरौं ।
     

कंचनपुर कालिकाटोल
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top