ट्रेण्डिङ

होमपेज / समाज

अछाम जेसिजकाे समन्वयमा महिला तथा बालबालिकालाई खाद्यान्न सामाग्री

करिब एकसय जना महिला तथा बालबालिकालाई खाद्यान्न सामाग्री

नेपालगाथा २०७७ भाद्र १० गते बुधबार २०:०७:२२ मा प्रकाशित

अछाम । काेराेना भाईरस (काेभिड - १९) का कारण जिविकाेपार्जन गर्न कठिन भईरहेकाे अवस्थामा जेसिज वर्ष २०२० काे आयोजना तथा बिआरसी नेपालकाे आर्थिक सहयाेग र मंगलसेन नगरपालिकाकाे समन्वयमा मंगलसेन नगरपालिका वडा नं. १३ का करिब एकसय जना महिला तथा बालबालिकालाई खाद्यान्न सामाग्री वितरण गरिएकाे छ ।
वितरण गरिएको राहत सामग्रीमा प्रति ब्यक्ति २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, २ वटा हात धुने साबुन, १ केजी चिनी र १ केजी नुन रहेका छन् । भौतिक दुरी कायम गर्दे वितरण गरिएको राहत सामग्री कम्तिमा १४ दिनसम्म खान पुग्ने अछाम जेसिज वर्ष २०२० का अध्यक्ष तुलाराम बिसीले जानकारी दिनुभयाे ।

राहत वितरण कार्यक्रममा पुगेका मंगलसेन नगपालिकाका प्रमुख पदमबहादुर बोहाेराले कोरोना भाइरसकाे संक्रमणबाट बच्न सबैले आ–आफ्नो आनिबानीमा परीवर्तन ल्याउनु पर्ने बताउनु भएको छ । यसबाट बच्नका लागि विश्व स्वास्थ्य संगठनले अनिवार्य रुपमा पालन गर्न भनेका सबै नियम पालना गरे कोरोनाबाट बच्न सकिने बताउदै प्रमुख बाेहाेराले कोरोना भाइरसको संक्रमण समुदाय स्तरसम्म नफैलियोस भन्ने उद्देश्यका साथ नगरपालिकाले एक हप्तासम्म नगरक्षेत्रलाई शील गरेकाले सबैलाई घरमै सुरक्षित बस्न आग्रह गर्नु भएको छ ।

यस्तै कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रेमबहादुर थापाले जनताका नाममा राहत वितरण गर्ने क्रममा सबैले नगरपालिका नजिकका वडाहरुमा राहत वितरण गर्ने गरेको तर नगरपालिकाको समन्वयमा अछाम जेसीजले ठुलो मात्रामा आफ्नो वडामा राहत वितरण गरेकाले अन्यले पनि जेसिजबाट सिक्दै दुर्गमका वडाहरुमा समेत राहत वितरण गर्नु पर्नेमा जाेड दिनुभयो । राहत वितरण कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल थापा, वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर बोगटी लगायतको सहभागिता रहेको थियो ।

अछाम जेसिज वर्ष २०२० का अध्यक्ष तुलाराम बिसीकाे अध्यक्षतामा सञ्चालन भएकाे राहत वितरण कार्यक्रमको सञ्चालन अछाम जेसिज वर्ष २०२० का कार्यक्रम संयाेजक लक्ष्मण शाहीले गर्नुभएकाे थियाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top