होमपेज / समाज
खड्क सुनार, मुगु । सोमबार सदरमुकाम गमगढी बजारमा भेटिएका एक कोरोना संक्रमित युवा आफु निको भए पछि आईसोलेसन वार्डका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् ।
स्वास्थ्य सेवा कार्यालय मुगुका लेखापाल सुरेश कुमार केसीले आफनो पिसिआर परिक्षण गर्दा पोजेटिप रिपोट आएका जिल्ला स्वास्थ्य सेवा कार्यालयका लेखापालले मंगलबार विहान आफनो सामाजिक संजाल फेसवुक स्टाटस मार्फत सार्वजानिक गर्दे आफ्नो एक हप्ता पछि गरिने दोसो्र परिक्षणमा नेगटिप रिपोट आएमा आफुले खादै आएको दुई महिनाको तलब जिल्लामा आईसुलेसन वेड व्यवस्थापनका लागी खर्च गर्ने घोषणा गरेका छन् ।
कसैलाई यो संक्रमण भएमा सार्वजनिक गर्न नमिल्ने कानुनी बाध्यता भएपनि यी लेखापालले आफनो नाम स्वईच्छाले आफै सार्वजनिक गर्नु भएको छ । लेखापालको यो आत्मबलले देशका अन्य संक्रमितहरुलाई थप आत्मबल बढाउन सहयोग पुग्ने देखिन्छ ।
समाजमा कोरोना संक्रमित भन्ना वित्तिकै तर्सने,डराउने यतीसम्म की संक्रमितलाई सामाजिक दुरव्यवहार हुने गरेका घटना बाहिर आईरहेका बेला यी लेखापालले भावी दिनमा संक्रमित हुनसक्ने त्यही समाजका व्यक्तिहरुको उपचारका लागी व्यवस्थित आईसुलेसन वेड बनाउन आफनो दुई महिनाको ५० हजार तलब दिने घोषणाले यस्ता व्यवहार गर्ने माथी प्रश्नचिन्ह सोझाएको छ ।
देशमा कोरोना संक्रमित बढिरहेको र उहाँहरुको उपचारमा कठिनाई भैरहेका बेला राज्यले प्रदान गर्ने आईसुलेसन बेड व्यवस्थापनमा संक्रमितले नै लगानी गछु भनेर राज्य तथा सरकारलाई नै चुनौैती दिनुले सरकारले कोरोना रोकथाम,नियन्त्रण,उपचार र राहतमा चालेका कदमले कतिको सन्तृष्ट छन भन्ने छलङ्ग पारेको छ । भने अर्को तिर यो घोषणले कोरोना संक्रमण सामान्य हो कोहि आत्तिनु,डराउनु पदैन भन्ने शन्देश समेत दिएको छ ।