होमपेज / समाज
सुर्खेत । काेराेना संक्रमण राेकथामका लागि भन्दै सुर्खेतकाे वीरेन्द्रनगरमा तेस्राे पटक निषेधाज्ञा थपिएकाे छ। काेभिड १९ व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिकाे आज बसेकाे बैठकले भाद्र १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलद्वारा हस्ताक्षरित सूचनामा जनाएकाे छ ।
निषेधाज्ञा जारीसंगै सुरक्षा व्यवस्थालाइ कडा गरिएकाे छ । अत्यावश्यक बाहेक अरु सवै सेवा ठप्प रहेका छन् ।
