ट्रेण्डिङ

होमपेज / समाज

मुगुका एक कर्मचारीलाई कोरोना संक्रमण

नेपालगाथा २०७७ भाद्र ८ गते सोमबार १९:११:०४ मा प्रकाशित

खड्क सुनार, मुगु । जिल्लाका सरकारी कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण भएकाे पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय मुगु मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा सरकारी कार्यालयका एक कर्मचारीलाई कोरोना देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका सुचना अधिकारी पर्शुराम नेपालीले बताए ।

अहिलेसम्म जिल्लाका खत्याड गाउँपालिकामा एकजना महिलामा कोरोना देखिएको थियो भने आज सदरमुकाम गमगढीमा एक सरकारी कार्यालयका लेखा अधिकृत लाई पनि कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले हालसम्म खत्याड गाउँपालिकामा १ जना र सदरमुकाम गमगढीमा सरकारी कार्यालयका एक लेखा अधिकृतमा कोरोना देखिएको कार्यालयले जानकारी दिएको छ ।

आपतकालिन बैठक 

स्वास्थ्य सेवा कार्यालय मुगुमा अपरान्ह ४ बजेतिर आपतकालिन बैठक बसेको छ । सदरमुकाम गमगढी बजारमा सोमवार एक सरकारी कार्यालयका कर्मचारी लाई कोरोना भाईरस कोभिड १९ को संक्रमण भेटिए पछि स्वास्थ्य सेवा कार्यालय मुगुको आपकालिन बैठक बसेको हो । कार्यालयले कोरोना पोजेटिभ भेटिए पछि कसरी जिल्लालाई कोरोना मुक्त बनाउने, संक्रमण फैलिन नदिन सम्बन्धित निकायबाट कसरी अगाडि जाने भन्ने विषयमा आपकालिन बैठक बसेको स्वास्थ्य सेवा कार्यालय मुगुका सुचना अधिकारी पर्शुराम नेपालीले बताए ।

उनका अनुसार आज बसेको आपतकालिन बैठकमा स्वास्थ्य सेवा कार्यालयमा आपतकालिन स्वास्थ्य सेवा बाहेक अन्य स्वास्थ्य सेवामा रोक लगाईएको जनाईएको छ । साथै कोरोना पोजेटिभ भेटिएका संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुले कसै सँग सम्पर्कमा नरहन स्वास्थ्य सेवा कार्यालयले आग्रह गरेको छ । संक्रमितसँग भएका व्यक्तिहरुलाई ५ दिनपछि पिसिआर परिक्षण गरिने नेपालीले बताए ।

उनले भने, 'गत जेठ ६ गतेबाट हालसम्म १ हजार ९३ जनाको परिक्षण गर्दा सोमबार एक जनालाई संक्रमण देखिएको सुचना अधिकारी नेपालीले बताए। त्यस्तै १ हजार ८ सय ८२ जना लाई आरडिटि परिक्षण गरे पनि कुनै पनि व्यक्तिलाई संक्रमण देखा नपरेको जनाइर्एको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top