ट्रेण्डिङ

होमपेज / समाज

शनिबारदेखि ओखलढुंगालगायत ४ जिल्लामा छैन बिजुली

नेपालगाथा २०७७ भाद्र ८ गते सोमबार १६:०६:४८ मा प्रकाशित

ओखलढुंगा । शनिबार बेलुकादेखि ओखलढुंगा लगायतका ४ जिल्लामा विद्युत अवरुद्ध भएको छ। ओखलढुंगा, खोटाङ, सोलुखुम्वु तथा उदयपुरका केही भागमा बिजुली छैन।  बुइपा जलजले खण्डको ३३ केभी प्रसारण लाइनमा अवरोध आएको हो। विद्युत् कहाँ अवरोध भएको भन्ने सोमबार बिहानसम्म पत्ता लागेको छैन। 

अवरोध भएको स्थान पत्ता नलागेकाले अझै पनि बिजुली बल्ने यकिन नभएको विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ।  मर्मतका लागि अवरोध आएको ठाउँको खोजी भइरहेको वितरण केन्द्रले जनाएको छ। बिजुली नहुँदा जिल्लामा रहेका सरकारी कार्यालय, वित्तीय संस्थाको काम प्रभावित भएको छ भने जिल्लामा संचालित रेडियो तथा विद्युतीय संचारमाध्ययम पनि नियमित हुन सकेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top