ट्रेण्डिङ

होमपेज / समाज

पाथीभरा मन्दिरमा ६८ तोला सुन र २९ किलो चाँदी संकलन

नेपालगाथा २०७७ भाद्र ७ गते आइतबार ०७:१९:०० मा प्रकाशित

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दुई वर्षको अवधिमा भक्तजनले ६८ तोला सुन चढाएका छन्। यस्तै, २९ किलो चाँदी चढाएको सुनचाँदी व्यवस्थापन उपसमिति सदस्य गोपाल न्यौपानेले जानकारी दिए। उक्त सुन र चाँदी २०७५ साउन १ देखि २०७७ साउनसम्मको अवधिमा चढाएका हुन्। सुन र चाँदी बिक्रीका लागि उपसमितिले सात दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।   

उक्त निर्णय पाथीभरा भेटीपाती व्यवस्थापन समिति समक्ष पेश गरेपछि मात्र सूचना प्रकाशन गर्ने प्रावधान छ। जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा भेटीपाती व्यवस्थापन समिति गठन गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार यसअघि पनि बिक्रीका लागि दुई पटक सूचना प्रकाशन गरिएको थियो। यद्यपि, सुनको बढ्दो भाउका कारण व्यवसायीले खरिद गर्नका लागि कोटेशन पेश गरेनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top