ट्रेण्डिङ

होमपेज / समाज

सहिदको सालिक बन्यो तर जग्गाकाे टुङ्गाे लागेन

नेपालगाथा २०७७ भाद्र ६ गते शनिबार २०:१५:०१ मा प्रकाशित

हस्त बुढा, जुम्ला । जुम्लामा भएको कर्णाली स्वायत्त प्रदेश आन्दोलनमा भएका सहिद हरिबहादुर कुँवरको सालिक निर्माण सम्पन्न भएको छ । तर, सालिक कहाँ राख्ने भन्ने स्थानकाे टुङ्गाे भने अझै लाग्न सकेकाे छैन । परिवर्तनका लागि गोली खाएर ०७२ भदौ ६ गते बलिदानी गरेका कुँवरको सम्झनामा सदरमुकाममा सालिक राख्ने निर्णय राजनीतिक दलले कार्यान्वयन गर्न नसक्दा सालिक स्थापना हुन सकेको छैन ।

तत्कालीन समयमा उनले ज्यान बलिदान गरेको स्थान जिल्ला प्रशासन कार्यालयको छेउछाउ राख्दा उचित हुने निष्कर्षमा राजनीतिक दल पुगे पनि तत्कालीन घरेलु तथा साना उद्योग विकास समितिको उत्तरतिरको भागमा सालिक राख्ने निर्णय भएको थियो । अहिले नयाँ भवन निर्माण गर्दा सालिक राख्ने स्थानसमेत नभएपछि अन्योल भएको छ । सहिद हरिबहादुर कुँवरका दाजु तथा हरिबहादुर कुँवर कर्णाली स्मृति प्रतिष्ठानका अध्यक्ष राजबहादुर कुँवरले भने, ‘सालिक बनिसकेको छ, सालिक राख्ने जग्गासमेत नहुनु बिडम्बना हो, दलहरूले गरेको निर्णय कार्यान्वयन गरिनुपर्दछ ।’

चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासी गाउँपालिकाको आर्थिक सहयोगमा १३ लाखको लागतमा सालिक निर्माण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top