होमपेज / समाज
खड्क सुनार, मुगु । हिमाली जिल्ला मुगुमा ६ हजार क्विन्टल खाद्यान्न माग गरिएको छ । मुगु जिल्लामा रहेका खाद्यान्न तथा ब्यापार कम्पनी शाखाको गोदाम र जिल्लामा रहेको खाद्यान्न डिपोहरुमा खाद्यान्न मौज्दात नभए पछि तत्कालका लागि जिल्लामा ६ हजार क्विन्टल खाद्यान्न माग गरिएको हो ।
यस अघि कर्णालीपत्र र नेपालगाथा डिजिटल पत्रिकामा मुगुमा खाद्यान्न अभाव भन्ने समाचार प्रकाशित भएपछि गएको शुक्रबार बसेको जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हवाइमार्ग अर्थात सडकमार्गबाट भएपनि छायाँनाथरारा नगरपालिकामा २ हजार क्विन्टल,सोरुमा १५ सय, खत्याडमा १५ सय र मुगुमकार्मारोङ गाउपालिकामा १ हजार क्विन्टल खाद्यान्न तत्काल उपलब्ध गराउन माग गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।
वर्षाका कारण कर्णाली राजमार्ग धेरै ठाउमा अवरुद्ध भएकाले हवाइ मार्ग बाट खाद्यान्न ढुवानी गर्नुको विकल्प बाहेक अन्य कुनै बिकल्प नरहेको छिटो भन्दा छिटो खाद्यान्न ढुवानीको ब्यावस्था गरिदिनको लागि सरोकारवाला निकाय प्रदेश सरकार सबै ठाउँमा जानकारी गरिसकेको प्रजिअ निराैलाले जानकारी दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुका अनुसार गत आर्थिक वर्षमा ढुवानी गरेको सबै चामल बिक्री गरिसकिएको छ भने यो आवको खाद्यान्न ढुवानी गर्ने प्रक्रियाअनुसार ठेक्काको प्रक्रियामा गएको छ । गमगढी बजारमा रहेको कम्पनीको शाखा कार्यालयमा रहेको गोदाममा ५ सय क्विन्टर चालु आर्थिक वर्षको खाद्यान्न मैजाद रहेको छ ।
उक्त खाद्यान्न दैविक प्रकोप,आपत बिपत परेपछि मात्र बितरण गर्ने गरि गएको साउन महिनाको २८ गते बाट सर्बसाधारण हरुको लागि खाद्यान्न वितरणमा एक सार्वजनिक सुचना गरि बन्द गरिएका कम्पनीका प्रबन्धक कर्णबहादुर रावलले बताए । रावलका अनुसार मुगुका ५ वटा खाद्य गोदाम रित्तिएका छन् ।