ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि…

नेपालगाथा २०७७ भाद्र ६ गते शनिबार १३:३५:४८ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला काठमाडौं महानगरपालिकाले शहरका बिभिन्न स्थानमा निःसंक्रमण (डिसइन्फेक्सन) को काम जारी राखेको छ । शनिबार बिहानै पनि ट्यांकरबाट औषधि छर्किएर निःसंक्रमण गरिएको छ । सडक, सडक किनारका संरचना र बोटबिरुवाहरुमा समेत औषधि छर्किइएको छ ।

शनिबार बिहान न्यूरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, शंकरदेव, प्रदर्शनीमार्ग, सिंहदरबार पश्चिम गेट, थापाथली, परोपकार प्रसूति गृहलगायतका स्थानमा निःसंक्रमण गरिएको महानगरपालिकाले जनाएको छ । काठमाडौं जिल्लामा मात्रै एक हजारभन्दा धेरै संक्रमित रहेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top