ट्रेण्डिङ

होमपेज / समाज

प्रदेश प्रमुख कलाैनीद्वारा “हरितालिका तीज” को शुभकामना

नेपालगाथा २०७७ भाद्र ५ गते शुक्रबार १६:२१:३८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गाेविन्दप्रसाद कलाैनीले नेपाली हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलाैनीले समस्त नेपाली नारीहरू एवम् कर्णालीवासी दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएकाे हाे ।

शुभकामना सन्देशमा,  'भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा भगवान शिवको आराधना गर्दै सौभाग्य, दीर्घायु र पारिवारिक सुखको कामना सहित उपवास राख्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । खास गरी नेपाली हिन्दू महिलाहरूले मनाउने गरेको यो पर्व हिजोआज अन्य धर्मावलम्बी नेपाली नारीहरूले पनि हर्षोल्लास साथ मनाउने गरेका छन् । यस्ता पर्वहरूले विविधतामा एकता कायम गर्दै धार्मिक सहिष्णुता एवम् सामाजिक सद्भाव झनै बढाउन मद्दत पुर्याउने अपेक्षा गरेको छु' भनिएकाे छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (COVID-19) महामारीको कारण विगतमा जस्तो भेटघाट, नाचगान र हर्षोल्लास साथ मनाउने परिस्थिति नरहेकोले सरकारको निर्देशन अनुरूप जीवन रक्षालाई मध्यनजर राखी तीज मनाउन सबैमा अनुरोध गर्दै प्रदेश प्रमुख कलाैनीले यस पर्वले लैङ्गिक विभेदको अन्त्य गरी समतामुलक समाज निर्माणमा अगाडि बढ्न सबैलाई उत्प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top