ट्रेण्डिङ

होमपेज / समाज

जोखिम मोलेर पानीमै यात्रा गर्दै

नेपालगाथा २०७७ भाद्र ५ गते शुक्रबार १५:३१:३९ मा प्रकाशित

खड्क सुनार, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका १० सालिम खोलामा पुल हाल सम्म निर्माण नहुँदा स्थानीय नागरिकहरु खोला बाट आवातजावत गर्न बाध्य भएका छन् । गमगमढी नाग्चा लाग्न सडक अन्तरगत सालिम खोलामा पुल नुहदाँ स्थानीय नागरिक खुट्टा पिडाउदै खोला तर्न बाध्य भएका हुन । हिउँदमा खोला घटेर बाटो सहज भए पनि बर्खामा खोलामा भेल आउने हुँदा स्थानीय नागरिकलाई ओहोरदोहोर गर्न बाधा पुग्ने गरेको छ । खोलामा पुल नहुदाँ बर्सेनी यो बर्खाको समयमा नागरिकले दुख पाईरहेका छन ।

बर्खामा खोलामा भेल आउने हुँदा खुट्टा पिडाउदै जोखिम पूर्णयात्रा गरेर खोला तर्ने गरेका नागरिक बताउछन। सालिम खोलामा पुल छैन, हिउँदमा खोलामा ढुङ्गा र माटोको थुप्रो बनाई स्थानीय हिड्ने गरेका भएपनी बर्खाको समयमा ढुङ्गा र माटोे खोलाले बगाउने भएकाले बर्सेनि यो समस्या झेल्नु परेको र जोखिमपूर्ण यात्रा गर्नु परिरहेको आवतजावत गर्ने नागरिकले गुनासो गर्दै आएका छन्। मुगुको बाटो आफैंमा कठिन छ, त्यसमा पनि ठाउँ–ठाउँमा भएका खहरे खोलामा पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नुपरेको छ । हिउँदमा खोला सुक्छन् र बाटो सहज हुन्छ ।

बर्खामा पानि धेरै पर्ने र खोलामा बाढी आउने हुनाले सालिम खोला तरेर गमगढी आउने र गमगढी बाट घर जाने तथा मुगुमकामारोगं गाउँपालिका जाने नागरिकले दिनैपिच्छे खोलाको किनारमा पुग्दा झस्किने गरेका छन । यस्तो सास्ती कहिलेसम्म भोग्ने यहाँका नागरिकले सम्बन्धित निकायलार्ई प्रश्न गर्ने गरेका छन । ११ बर्ष भयो गमगढी नाग्चा लाग्न सडक निमार्णको कार्य थालनि भएको अहिले सम्म १७ किलोमिटर भन्दा बढी सडक निमार्ण भएको छैन । सडक ब्यबस्थित नहुदाँ र खोलामा पुल नहुदाँ नागरिकले आवत जावतमा समस्या भोग्दै आएका ११ बर्ष भएको भएपनि सडक निमार्णको निरन्तता, सडक ब्यबस्थित बनाउन र खोलामा पुल बनाउन कसैको ध्यान गएको छैन ।

आजभोलि स्थानीय खुटाका बाउला पिडाउदै आवतजावत गर्न बाध्य भएका छन्। पुल नहुदा, मुगुम कामरोगं गाउँपालिका स्थानीय र नगरपालिकाको वडा नं १०,११,१२ का नागरिक प्रत्यक्षरुपमा प्रभावित भएका छन्। उनीहरुलार्ई सदरमुकाम गमगढीसम्म आवतजावत गर्न समस्या भएको छ भने पुल नहुँदा मान्छेसँगै गाईवस्तु वारपार गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिका गमगढीका आश्रित कुमार बोहोराले बताए । पुल बगाएपछि आवत जावतमा समस्या भए पनि सम्बन्धित सरोकारवाला निकायले बेवास्ता गरेको स्थानीय बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top