ट्रेण्डिङ

होमपेज / समाज

मुख्यमन्त्री शाहीद्वारा तीज पर्वकाे अवसरमा शुभकामना

नेपालगाथा २०७७ भाद्र ५ गते शुक्रबार १०:०६:३३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ ।

शुक्रबार एक शुभकामना सन्देश प्रकाशन गर्दै मुख्यमन्त्री शाहीले बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान, सद्भाव एवं एकता सहित अघि बढ्न प्रेरित गरिरहेकाे उललेख गर्नुभएकाे छ। वहुजातीय, वहुभाषिक, वहुधार्मिक तथा वहुसाँस्कृतिक विशेषताले भरिएको नेपाली समाजमा यस पर्वले सामाजिक सद्भाव, एकता र भातृत्वको विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्दछु शुभकामना सन्देशमा भनिएकाे छ ।

हरितालिका तीजलाई परम्परागत अन्धविश्वासका आधारमा होईन महिलाको स्वतन्त्रता, दिदीबहिनीहरुको भेटघाट र सुख, दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको पर्वका रुपमा मनाउन आग्रह गर्दै मुख्यमन्त्री शाहीले तीज पर्वका नाममा हुने आर्थिक, सामाजिक र साँस्कृतिक विकृतिहरुप्रति सचेत रहँदै महिलाका हक अधिकार, समानता, सहअस्तित्वको आवाज उठाउने तथा जागरुक बनाउने अवसरका रुपमा तीजलाई उपयोग गर्न आग्रह गर्नुभएकाे छ ।

यो वर्ष पूरै विश्व समुदायसँगै हामी पनि कोरोना भाइरस (कोभिड–१९)को संकटमा परेका अवगत गराउँदै मुख्यमन्त्री शाहीले यसको नियन्त्रण तथा रोकथामका लागि सरकारसंगै सरोकारवाला निकायहरुले गरिरहेका प्रयासहरुका वावजुद संक्रमण फैलदो क्रममा रहेको बताउनुभएकाे छ ।

कोरोना भाइरस फैलिन नदिन, संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन घरमै बसेर खुसीसाथ तीज पर्व मनाउन मुख्यमन्त्री शाहीले सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top