ट्रेण्डिङ

होमपेज / समाज

निषेधाज्ञा भाद्र ९ गते राति १२ बजेसम्म

नेपालगाथा २०७७ भाद्र ४ गते बिहीबार १८:१७:१० मा प्रकाशित

सुर्खेत । कोरोना भाइरस (कोभिड १९) को संक्रमण दिनप्रतिदिन बढ्दै जान थाले पछि वीरेन्द्रनगरमा यसअघि भाद्र ५ गते सम्म लगाइएकाे निषेधाज्ञाको समय थप भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दिनुभएकाे जानकारी अनुसार यही भाद्र ५ गते सम्म गरिएको निषेधाज्ञाको समयलाई यही भाद्र ९ गते राति १२ बजे सम्म कायम गरिएको छ ।

निषेधाज्ञाको समयमा  स्वास्थ्य सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दूध, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, तरकारी पसल जस्ता अतिआवश्यकीय सेवा बाहेक अन्य सम्पूर्ण बन्द रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top