होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शहीदहरुको सपना साकार पार्न हामी सबै एकजुट भई अघि बढ्न प्रेरणा मिलोस् भनि कामना गर्नुभएको छ । कर्णाली प्रदेश स्थापना दिवस तथा शहीद दिवसका अवसरमा सम्पूर्ण कर्णालीबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा एक शुभकामना व्यक्त गर्नुहुँदै प्रदेश प्रमुख कलौनीले प्रदेश प्राप्तिका लागि आफ्नो जीवनको आहुति दिनुहुने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गर्नुभएको छ । कर्णाली प्रदेश निर्माणका क्रममा करिब ५ वर्षअघि भएको करिब २ हप्ता लामो आन्दोलनमा ४ जनाको शहादत पश्चात वि.सं. २०७२ साल भाद्र ४ गते आजकै दिन कर्णाली प्रदेशको स्थापना भएको थियो ।
विश्वभर फैलिएको कोरोनाभाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० महामारीको सम्भावित सङ्क्रमणबाट आफू बच्न र अरूलाई पनि बचाउन विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले निर्धारण गरेका आचार संहिताको पूर्ण पालना गर्न आम कर्णालीवासीलाई आग्रह गर्दै प्रदेश प्रमुख कलौनीले यस दिवसले हामी सबैमा सकारात्मक चिन्तनको विकास गरी समुन्नत प्रदेश निर्माणमा अग्रसर हुन समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।