ट्रेण्डिङ

होमपेज / समाज

कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च, एकै दिन थपिए १ हजार १६

नेपालगाथा २०७७ भाद्र २ गते मंगलबार १६:५१:५७ मा प्रकाशित

काठमाडौं : देशभर आज अहिलेसम्मकै कोरोना संक्रमण धेरै पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा आज थप १ हजार १६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जनाएको हो। यो कोरोना संक्रमण भएको हालसम्मकै उच्च संख्या हो। १३ हजार ४ सय ६१ जनालाई गरीएको पीसीआरमा १ हजार १६ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौं उपत्यकामा आज २०५ जना कोरोनाका संक्रमित थपिएका छन्। काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरीएको परीक्षण गरिएकोमा २ सय ५ संक्रमित थपिएका हुन्।

कोरोनाका कारण हालसम्म देशभर ११४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर ७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top