ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियाे बनाउने 'क्यामेराम्यान' पक्राउ

नेपालगाथा २०७७ भाद्र २ गते मंगलबार १५:१५:०८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियाे बनाउने 'क्यामेराम्यान' पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनी भिडियाेका 'क्यामेराम्यान' हुन्। यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस भिडियाेका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।

सोमबार एक युट्युव च्यानल मार्फत 'देशद्रोही' नामको म्युजिक भिडियाे सार्वजनिक भएको थियो। त्यस भिडियाेको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियाे छ। झण्डा जलाएको भिडियाेको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो। उक्त म्युजिक भिडियाे  बागमति गाउँपालिका-३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ।

'यस सम्बन्धमा अनुसन्धान गरिरहेका छौं। गायकको खोजी तीव्र भइरहेको छ,' महाशाखाका प्रवक्ता ईश्वर कार्कीले भने,'बितृष्णा फैलाउने गम्भीर कसुर गरेको छ। हामीले अनुसन्धान गरिरहेका छौं।' महाशाखाले यस्तो भिडियाेलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न। कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top