ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो पटक कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ११३ पुग्यो

नेपालगाथा २०७७ भाद्र २ गते मंगलबार १३:५५:०३ मा प्रकाशित

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा गरी आज मध्यन्हसम्म ६ जना कोराना संक्रमितले ज्यान गुमाएको छ । कास्कीमा २ जना, ललितपुर, काभ्रे, मोरङ र बाँकेमा एक/एक गरी ६ जना कोरोना संक्रमितको ज्यान गएको हो । कास्कीमा ८७ वर्षीय बृद्ध र पोखरामा ५० वर्षिया महिलाले ज्यान गुमाए ।ललितपुरको पाटन अस्पतालमा नवरपरासीका ३७ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाँकेमा ६२ वर्षिय पुरुषको मृत्यु भएको थियो । काभे्रमा ९८ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । कोशी अस्पतालमा ४७ वर्षीय पुरुषको ज्यान गएपछि स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक कोरोनाकै कारण मृत्यु हुनेको संख्या ६ पुगेको पुष्टि गरेको छ । यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय १३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top