ट्रेण्डिङ

होमपेज / समाज

प्रेस काउन्सिलकाे कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारी, श्रेष्ठ हटाइए

मन्त्रिपरिषद्को निर्णय

नेपालगाथा २०७७ भाद्र १ गते सोमबार २२:३४:५० मा प्रकाशित

काठमाडौँ। सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएका थिए । बैठकले काउन्सिलको नियमावली नै परिवर्तन गरेर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए ।

त्यस्तै सरकारले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top