ट्रेण्डिङ

होमपेज / समाज

उद्योग वाणिज्य संघ मुगुकाे व्यापारीलाई अनुराेध

नेपालगाथा २०७७ भाद्र १ गते सोमबार २१:५९:४२ मा प्रकाशित

खड्क सुनार, मुगु । हिमाली जिल्ला मुगुमा रहेको व्यापारीहरुको हक, हित र संरक्षणको लागि स्थापना भएको मुगु उद्योग वाणिज्य संघ मुगुले कोभिड १९ बाट बच्नको लागि अनुरोध गरेको छ । सोमबार बिहान उद्योग वाणिज्य संघ मुगुको कार्य समितिको बैठकले महमारीको रुपमा फैलिरहेको कोभिड १९ बाट मुगु जिल्लामा रहेका स्थानीय बासी र व्यापारीहरुलाई बच्न र बचाउनको लागि अनिवार्य रुपमा मास्क, पञ्जा, प्रयोग गर्न अनुराेध गरेकाे हाे ।

यसैगरी नगद कारोवार गर्दा सावुन पानीले हात धुने वा सेनिटाईजर प्रयोग गर्ने, भुक्तानीको कारोबारो सकेसम्म अनलाईनवा विद्युतीय माध्यमबाट प्रयोग गर्न अाह्वान गरेकाे छ । सामान ढुवानी गर्दा ड्राईभर तथा हेल्पर बाहेक अन्य अपरिचित व्यक्तिलाई प्रयोग नगर्ने, सामान्य समस्या आएपछि घरायसी विधि अपनाउने र कोभिड १९ को लक्षण देखा परेमा यथासिघ्र स्वास्थ्य संस्थामा सम्पर्क गर्ने लगायतका जनचेतना मुलक सन्देश सहितको व्यापारी र स्थानीय मुगाली बासिलाई अनुरोध गरिएको उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमलबहादुर बुढाले बताए ।

विगतदेखि कोरोना भाईरस सम्बन्धी जनचेतना मुलक सन्देश राहत वितरण गर्दे आएको र आगामी दिनहरुमा पनि कोरोना भाईरसबाट बच्नको लागि विभिन्न गतिविध गर्दै जाने उद्योग बाणिज्य संघ मुगुका महासचिव नृपेन्द्र बहादुर मल्लले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top