ट्रेण्डिङ

होमपेज / समाज

कुखुराको मासुमा पनि कोरोना भाइरस

नेपालगाथा २०७७ श्रावण ३० गते शुक्रबार १९:२८:५२ मा प्रकाशित

बेइजिङ । कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ। सीएनएनका अनुसार ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन्।

आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो। शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै नगरपालिकाले यसबारे जानकारी दिएको हो।

यसैबीच शेन्जेनका स्वास्थ्य अधिकारीले कुखुराको मासु आयातमा संलग्न सबैको स्वास्थ्य परीक्षण गरिसकेको छ। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जारी गरेको भनाइमा उल्लेख छ।

कोरोना भेटिएको ब्रान्डका अन्य उत्पादनको पनि खोजी भइरहेको र ब्राजिलबाट आयात गरिएको चिकन विंग्स स्टोर गरिएका स्थानलाई निर्मलीकरण गरिररहेको पनि अधिकारीले जनाएका छन्।

हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण पाइएको छैन। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top