ट्रेण्डिङ

होमपेज / समाज

रौहतटमा कर्मचारी र पत्रकारसहित २४ जना संक्रमित

नेपालगाथा २०७७ श्रावण ३० गते शुक्रबार १४:०१:०१ मा प्रकाशित

रौतहट । रौतहटमा बिहीबार गौर नगरपालिकाका १७ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण्ढा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए ।

गौर नगरपालिकामा वडा नं ५ का एकै परिवारका ५ जना, ८ कर्मचारी र १ पत्रकारसहित १७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी सुरु भइसकेको फोकल पर्सन गुप्ताले बताए । विगत ६ दिनमा रौतहटमा ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top