ट्रेण्डिङ

होमपेज / समाज

द रेस्पन्सिबल अड्स नेपालद्वारा सुर्खेतको लाटिकोईलीमा रक्तदान कार्यक्रम

नेपालगाथा २०७७ श्रावण २९ गते बिहीबार ०७:४४:५३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यूवाहरुको समूहले वीरेन्द्रनगर सुर्खेतको लाटिकोईलीमा रक्तदान कार्यक्रम गरेको छ। द रेस्पन्सिबल अड्स नेपालले आज कोभिड १९ को महामारीले सुर्खेतमा रगतको अभाव मध्यनजर गर्दै आज रक्तदान कार्यक्रम गरेको हो। रक्तदान कार्यक्रमको साथमा समूहले देशमा अहिले यूवापुस्तामा निराशापनले गर्दा भैरहेको आत्महत्यालाई निरुत्साहन गर्नकालागि “किन बाच्ने” विषयमा प्रशिक्षण पनि दिएको थियो।

कार्यक्रममा सामाजिक अभियन्ता कुमार बहादुर ढकाल, डा.सुशिल समदर्शी र सामुदायिक प्रहरीका अनिल ढकालले “किन बाच्ने” विषयमा यूवाहरुलाई प्रशिक्षण दिनुभएको कार्यक्रमका संयोजक कपिलनाथ योगी जानकारी दिनुभयो। त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले आफ्नो वडामा यूवाहरुले गर्ने सबै सकारात्मक कार्यहरुमा वडाले सँधै साथ र सहयोग दिने बताउनुभयो।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार के्न्द्र सुर्खेतको सहकार्यमा सम्पन्न कार्यक्रममा २ जना महिला र २० जना पुरुषले रक्तदान गर्नुभएको रक्तदान कार्यक्रमका संयोजक सुदिप विक्रम जिसीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top