होमपेज / समाज
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति आएको रिपोर्टमा कटहरिया नगरपालिकाका थप ९ जनामा कोरोन संक्रमण पुष्टि भएको हो । कटहरिया नगरपालिकाका जनप्रतिनिधि र स्थानीय गरी १९७ जनाको स्वाब संकलन भएकोमा २ महिला र ७ पुरुषमा संक्रमण भेटिएको नगरप्रमुख सियाराम कुशवाहाले बताए ।