ट्रेण्डिङ

होमपेज / समाज

शैक्षिक संस्था र भर्ना अभियान भदौ १५ सम्म बन्द गर्ने निर्णय

यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित

नेपालगाथा २०७७ श्रावण २७ गते मंगलबार ००:१९:२६ मा प्रकाशित

काठमाडौँ । सरकारले विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म भर्ना अभियान तथा तोकिएका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो ।

समुदाय स्तरमा कोरोना फैलन थालेपछि यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top