ट्रेण्डिङ

होमपेज / समाज

शारदा नदीले बगाउँदा सल्यानमा एक जनाको मृत्यु

नेपालगाथा २०७७ श्रावण २७ गते मंगलबार ००:१५:४१ मा प्रकाशित

हिमाल शर्मा, सल्यान। शारदा नदीले बगाउँदा सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर पोखराका २५ वर्षीय लेवाराम रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सोमबार बिहान शारदा नदी तरी खेतमा जानेक्रममा शारदा नदीले बगाएको प्रहरीको भनाई छ ।

उनको शव दलपुरेमा फेला परेको प्रहरीले बताएको छ । शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top