ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं उपत्यकामा आजै तीन कोरोना संक्रमितको मृत्यु

नेपालगाथा २०७७ श्रावण २६ गते सोमबार २०:४९:२० मा प्रकाशित

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनाको ज्यान मृत्यु भएको छ । काठमाण्डौ उपत्यकामा कोरोनाका कारण एकैदिन तीन जनाको मृत्यु भएको छ । ललितपुरमा दुई जना र काठमाण्डौमा एक जनाको मृत्यु भएको हो । ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।

उहाँ आइतबार दिउँसो छातीको सङ्क्रमण र निमोनियाको उपचार गराउन अस्पताल पुग्नुभएको थियो । यस्तै काठमाण्डौको बानेश्वर बस्ने ७६ वर्षीय पुरुषको पनि सोमबार बिहान चावहिलमा रहेको मेडिकेयर अस्पतालमा मृत्यु भएको छ । जिउ दुख्ने तथा श्वासप्रश्वासमा कठिनाइ आएपछि उहाँ गएको २३ गते अस्पताल भर्ना हुनुभएको थियो । 

यस्तै काठमाण्डौ कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । उहाँ मिर्गाैलाका दीर्घरोगी बिरामी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । निमोनिया भएपछि उहाँ गएको असार ३१ गतेदेखि मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेको कोहलपुर नगरपालिका २ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । 

यस्तै पर्साको देवयानी १५ का ४५ वर्षीया महिलाको शनिबार नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ८० पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top