ट्रेण्डिङ

होमपेज / समाज

आंशिक प्राध्यापकहरुले जलाए क्याम्पस प्रमुखको कार्यकक्षका टेबल कुर्सी

नेपालगाथा २०७७ श्रावण २६ गते सोमबार १२:४६:५६ मा प्रकाशित

काठमाडौं । महेन्द्र बहुमुखी क्याम्पस दाङका क्याम्पस प्रमुखको कुर्सी आंशिक प्राध्यापकहरुले जलाएका छन् । क्याम्पस प्रमुख दीपाकर शर्माको कार्यकक्षमा रहेको कुर्सी, दुइवटा टेबल, विद्युतीय हाजिर मेसिन र क्याम्पस प्रमुखको नेमप्लेटसमेत प्राध्यापकहरुले जलाएका हुन् ।

आइतबार प्राध्यापकहरुले क्याम्पस प्रमुख शर्मालाई कार्यकक्षबाट बाहिर निकालेर कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । प्राध्यापकहरुले समान कामको लागि समान ज्याला पाउनुपर्ने र बौद्धिक शोषण अन्त्य गर्नुपर्ने माग राख्दै प्लेकार्डसहित नाराबाजीसमेत गरेका थिए ।

यस्तै लामो समयदेखि आंशिकरुपमा प्राध्यापन गरिरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने मागसहित आन्दोलन गरेका छन् । प्राध्यापकहरुको माग सुनुवाइ नहुँदा आन्दोलन गर्नुपरेको संघका अध्यक्ष बालकृष्ण डाँगीले जानकारी दिएका छन् । संघले माग पुरा नभए क्याम्पसको लेखाशाखामा पनि ताला लगाउने जनाएको छ । दाङको महेन्द्र बहुमुखि क्याम्पसमा मात्रै ४२ जना आंशिक प्राध्यापक कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top