होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेशनाथ बास्तोलाले प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशमा फरार रहेका अभियुक्तहरु पक्राउ गरेको जानकारी दिनुभएको छ ।
जसअन्तर्गत जिल्ला प्रहरी कार्यालय सल्यानले साउन २४ गते नाता कायम मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइ निजबाट एक सय पच्चिस रुपैयाँ जरिवाना असुल गरिएको जनाएको छ ।
यसै गरी जिल्ला प्रहरी कार्यालय जुम्लाले साउन २३ गते सम्बन्ध बिच्छेद मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइ निजबाट पनि एक सय पच्चिस रुपैयाँ जरिवाना असुल गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले विप्लप समूहका क्रान्तिकारी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष उदय बिकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।