ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका २५१ संक्रमित मध्ये ११ जना आइसोलेसनमा

नेपालगाथा २०७७ श्रावण २४ गते शनिबार १४:११:५९ मा प्रकाशित

सल्यान । भारत तथा तेस्रो मुलुकबाट आउने संख्यामा कमी आएसँगै सल्यानमा कोरोना संक्रमणको अवस्था नियत्रिन्त्र बनेको छ । नेपालमा कोरोना संक्रमणको सुरुवाती अवस्थामा रोजगारीको लागि भारत पुगेका सबैभन्दा बढी र अन्य मुलुकबाट गएकाहरु पनि धमाधम जिल्ला फर्किएपछि क्वारेनटाइन र आइसोलेसन भरिएका थिए । तर पछिल्लो समय २४ जना मात्र जिल्लामा भित्रिएका कारण क्वारेनटाइन देखि आइसोलेसन खाली हुदै जान थालेका छन् । जिल्लामा झन्डै ८ हजार बढी भित्रिएको पाइएको छ । 

जिल्लामा संक्रमितहरुको कुल सख्या २ सय ५१ रहेकोमा २ सय ४० जना डिस्चार्ज भएका छन भने उपचारको लागि आइसोलेसनमा राखिएकाहरुको संख्या ११ रहेको छ । स्वास्थ्य कार्यालय सल्यानको तथ्यांक अनुसार आइसोलसन कक्ष लुहापिङमा ८ जना र बनगाड कुपिन्डे नगरपालिकाको आइसोलेसनमा ३ जनाको उपचार भइरहेको छ । 

स्वास्थ्य कार्यालय सल्यानका अनुसार जिल्लाका दश वटै स्थानीय तहका व्यक्ति संक्रमित भएका थिए । कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार शारदा नगरपालिकाका ६, बागचौर नगरपालिकाका १४, बनगाड कुपिण्डे नगरपालिकाका १५८, कुमाख गाउँपालिकाका ३४, सिद्ध कुमाख गाउँपालिकाका ३, छत्रेश्वरी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ । 

यस्तै त्रिवेणी गाउँपालिकाका ९, कपुरकोट गाउँपालिकाका २, कालिमाटी गाउँपालिकाका ५, दार्मा गाउँपालिका १६ र जिल्ला अस्पताल र आइसोलेसन कक्ष लुहापिङका २ जना गरी २ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । 

कार्यालयका अनुसार हालसम्म ६ सय ५८ जनाको स्वाब संकलन गरिएकोमा ५ सय ७ सय ९९ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ भने ८ जनाको रिर्पोट आउन बाँकी रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top