ट्रेण्डिङ

होमपेज / समाज

लहानमा ९ दिनका लागि निषेधाज्ञा जारी

नेपालगाथा २०७७ श्रावण २३ गते शुक्रबार ११:१०:२८ मा प्रकाशित

लहान । सिरहाको लहान नगरपालिकाले ९ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय नगरपालिका–८ का १ जनासहित नगर क्षेत्रका २६ मा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रवारदेखि साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा संक्रमण फैलिरहेकाले छ । नगरपालिका कार्यपालिकाको आपतकालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको नगर कार्यपालिकाका सदस्य तथा वडा नम्बर ७ का वडाध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिए । वडा ८ का संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको पनि स्वाब संकलनको कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए ।

यसअघि मिर्चैया नगरपालिकाले बिहीवारदेखि साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको छ । मिर्चैया–६ का २ स्वास्थ्यकर्मीसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण थप फैलिन नदिन नगर क्षेत्रमा नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख श्रवण यादवले जानकारी दिए । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top