ट्रेण्डिङ

होमपेज / समाज

गाडी चालकलाई संक्रामक रोग ऐन अनुसार कारबाही

नेपालगाथा २०७७ श्रावण २२ गते बिहीबार २२:३७:२० मा प्रकाशित

सुर्खेत । लकडाउनको अवधिमा सवारी साधन एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको अवस्थामा लकडाउनको उलंघन गर्दै सवारी साधन चलाउने चालकलाई जरिवाना सहित कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले एक जिल्लाबाट अर्को जिल्लामा यात्रु वाहक सवारी साधन आवागमनमा रोक लगाएको छ ।

तर नियमको उलंघन गर्दै गाडी चालकले टिकट काटेर यात्रुलाई जाजरकोट जिल्लातर्फ पठाउने तयारी गरिरहेका वेला सुर्खेत बसपार्कबाटै गाडी चालकलाई नियन्त्रणम लिएर संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिएको प्रहरीले जनाएको छ । 
अर्को आदे नभएसम्मका लागि सवारी साधन चालकको लाइसेन्स र उक्त सवारी साधनलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतको आदेशमा नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रेस विज्ञप्तिमा जनाएको छ । 
यसरी कारबाहीमा पर्नेहरुमा बा३ख ४०२७ नं. को गाडी चालक दुर्गाबहादुर राना, बा३ख ४०२७ नं. को गाडीको सहचालक वीरेन्द्र बुढा र भे१ज १०६८ नं. को गाडी चालक इन्द्रबहादुर सुनारलाई जनही १०० रुपैयाँ जरिवाना र ४५०० रुपैयाँ १५ दिनको कैद बापतको ४५००। गरी जम्मा ४६००। रुपैयाँका दरले जरिवाना सहित कारबाही गरिएको जनाइएको छ । 
यसैगरी नमस्ते यातायात प्रालिका काउण्टर स्टाफ मोहन श्रेष्ठलाई रु १०० जरिवाना र ७ दिन कैदको सजाय वापत २१०० गरी २२००। रुपैयाँ जरिवाना सहित कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top