ट्रेण्डिङ

होमपेज / समाज

अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द

नेपालगाथा २०७७ श्रावण २२ गते बिहीबार २२:०५:२९ मा प्रकाशित

सुर्खेत । नोभेल कोरोना (कोभिड–१९) को संक्रमण दर दिनप्रतिदिन बढिरहेकोले सो को रोकथाम, नियन्त्रण र संक्रमण हुन नदिनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक सेवा वाहेक अन्य सेवा प्रवाह बन्द गर्नेे जनाएको छ । 
जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीबार एक सूचना सार्वजनिक गर्दै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको साउन २० गते बसेको बैठकले कुनै पनि सभा, गोष्ठी, तालिम, जात्रा, महोत्सवमा रोक लगाइसकेको जनाएको छ । 

यसैगरी अर्को निर्णय नहुँदासम्म साउन २५ गतेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट नागरिकता, राहदानी सिफारिस, संघसंस्था दर्ता, नवीकरण र अन्य सिफारिस समेत वन्द गरिएको जानकारी दिएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top