होमपेज / समाज
हिमाल शर्मा, सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट अझै ल्याउन सकेको छैन । सरकारको नेतृत्व गरेको नेकपाबाट निर्वाचित प्रतिनिधिहरुले गाउँसभा बहिस्कार गरेपछि नीति तथा कार्यक्रम र बजेट आउन नसकेको हो । चालु आर्थिक वर्ष २०७७ /०७८ लागि गत असार १० गते गाउँसभा मार्फत सार्वजनिक गरिएको निति तथा कार्यक्रम र बजेट अझै पारित हुन सकेको छैन ।
विगतका कार्यपालिका वैठ्कले पारित गरेको निर्णय कार्यन्वयन हुनु पर्ने, आवश्यकता भन्दा बढी करारमा भर्ना गरिएका कर्मचारी हटाउनु पर्ने लगायतका माग गरेर बामबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गर्दै आइरहेका छन् । करारमा रहेका कर्मचारी हटाए पछि मात्र गाउँसभा बस्न दिने वामको माग न्यायोचित नरहेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताउनु भयो ।
बिहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष केसीले भन्नू भयो ‘विगतमा करारमा कर्मचारी भर्ना गर्दा उहाँहरुको सहमतिमा गरिएको हो तर आज यो मुद्या उठाएर गाउँसभा रोक्नु युक्तिसंगत छैन ।’ आफुहरु अल्पमत रहेको र बहुमत वामको रहेको बताउदै अल्पमतमा रहेर पनि राम्रो काम ग¥यो भनेर राजनीतिक प्रतिशोध साधन विभिन्न बहाना गरेर गाउँसभा बहिस्कार हुदै आइरहेको उहाको भनाई छ ।

उहाँकै सहमतिमा गाउँसभाबाट काम भइरहेको बताउदै न्यायालयले समेत मुद्या सदर गरी सकेको उहाको भनाई छ । उहाले भन्नु भयो ‘असहमतिको बुँदा कुन हो त्यसमा नोट अफ डिसेन्ट लेखेर जानुस सहमतिका बुँदामा एकाकार भएर जाउँ भन्दा पनि वामका साथीहरुले मान्नु भएको छैन ।’ कार्यपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ५ जना नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधि रहेका छन भने १० जना नेकपाबाट निर्वाचित प्रतिनिधि रहेका छन् ।
पटक पटक बैठक बहिस्कार गरे पनि अन्ततः उहाँहरु (वाम) सहमतिमा आउनेमा आफु विस्वस्त रहेको अध्यक्ष केसीले दावी गरे । करार कर्मचारी आन्दोलित छत्रेश्वरी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलन थालेको छन् । आफुहरुलाई राजनीतिक एजेण्डा बनाएको भन्दै करार कर्मचारीहरुले आन्दोलन थालेका हुन ।
करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने भनेर कार्यपालिकाबाट नै आवाज उठेपछि आफुँहरु आन्दोलनमा गएको संघर्ष समिति संयोजक प्रभा डाँगीले बताउनु भयो । करारमा कार्यरत कर्मचारीहरुको तत्काल नियुक्ति दिइनु पर्ने, करार सम्झौता निरन्तरता हुनु पर्ने, राजनीतिक एजेण्डाको रुपमा आफुहरुलाई प्रयोग नगरियोस लगायतका माग राखेर आन्दोलन थालिएको उहाको भनाई छ । गाउँपालिकाले १ सय १ जनालाई करारमा कर्मचारी भर्ना गरेको छ ।