ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री लगायत सुरक्षाकर्मी सबैको रिपोर्ट नेगेटिभ

नेपालगाथा २०७७ श्रावण २२ गते बिहीबार १३:३९:१८ मा प्रकाशित

काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘क्लोज कन्ट्याक’को सूचीमा परेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको गत शनिबार नै परीक्षण भइसकेको छ । बालुवाटारमा भएका सुरक्षाकर्मीको समेत परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सल्लाहकार थापाले बताएका छन् ।

प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन साउन १४ गते मन्त्री यादव लगायत समितिमा रहेका प्रदेशका आन्तरिक  मामिला  तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्री लगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको टेस्टिङ गाइडलाइन अनुसार संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति सम्भावित संक्रमित हुन् र उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नुपर्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक डा. वासुदेव पाण्डेका अनुसार कोही मानिस समूहमा बैठकमा बस्छ र उसलाई संक्रमण पुष्टि हुन्छ भने त्यो बैठकमा सहभागी सबै ‘क्लोज कन्टयाक’ अन्तर्गत पर्दछन् ।

र, बैठकमा सहभागी सबैको परीक्षण गर्नुपर्छ । ‘उहाँहरु क्लोज कन्ट्याकमा पर्नुहुन्छ, उहाँहरुको कन्ट्याक ट्रेसिङको काम हाम्रो टिमले सुरु गरिसक्यो’ डा. पाण्डेले भने, ‘हामी कन्ट्याक ट्रेसिङमा पर्ने कसैको पनि टेस्ट गर्न छोड्दैनौं ।’

मन्त्री यादवले साउन १९ गते स्वाब दिएका थिए । उनीसँगै चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top