ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेत उधोग वाणिज्य संघकाे कार्यसमितिले पूर्णता पायाे

नेपालगाथा २०७७ श्रावण २१ गते बुधबार १७:४१:३३ मा प्रकाशित

सुर्खेत । सुर्खेत उधोग वाणिज्य संघले कार्यसमितिकाे पूर्णता पाएकाे छ । संघको विधान २०५४ मा भएकाे व्यवस्था बमोजिम वस्तुगततर्फबाट योगेश केसी (खत्री), महिलाबाट भगवती थापा भट्टराई र खुलाबाट कृष्णप्रसाद सुवेदीलाई संघको कार्य समिति सदस्यमा मनाेनित गरेकाे हाे । साथै वासुदेव शर्मा र हरि विष्टलाई विशिष्ठ सदस्यका रुपमा मनोनित गरेकाे छ । सुर्खेत उधोग वाणिज्य संघकाे बुधबार बसेकाे कार्यसमितिकाे बैठकले मनाेनित सदस्यहरु मनाेनित गरेसँगै उधोग वाणिज्य संघ सुर्खेतकाे कार्यसमितिले पूर्णता पाएकाे हाे । 

याे सँगै स‌ंघले नेपाल उद्याेग वाणिज्य स‌ंघ केन्द्रीय निर्वाचनका लागि सुर्खेतबाट उद्याेगी व्यवसायि निरक केसी र जगत खड्कालाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउनका लागि सिफारिस गरेकाे छ । यसैगरी कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यका लागि सुर्खेत उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश अधिकारीलाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय गरेकाे सुर्खेत उधोग वाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिनुभयाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top