होमपेज / समाज
खड्क सुनार, मुगु । विश्वका चारधामको जेठोधामका रुपमा परिचत छायाँनाथ धाममा अब बाह्रै महिना दर्शन गर्न पाईने भएको छ । छायाँनाथ धाममा शिव पार्वतिको मुत्र्ति स्थापाना भए संगै अब जनैपुर्णिम बाह्यक अन्य समयमा पनि छायानाथ धाममा गहेमा पनि शिव माहदेवको दर्शन गर्न पाईने भएको हो ।
जनै पुर्णिमाको अबसरमा छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले पवित्र स्थल छायाँनाथ धाममा पुगी शिव माहदेवको मुत्र्ति स्थापाना गरेका छन । शिव र पार्वतिको मुर्ति स्थापाना संगै अब जुन सुकै समय छायाँनाथको दर्शन गर्न जाने दर्शालु भक्तजनले छायाँनाथको दर्शन संगै शिव माहदेवको पनि दर्शन गर्न पाउने भएका हुन ।
छायानाथमा पुगेर,शिव, महादेवको रुप मानेर पुजा पाठ गर्ने, आ आफ्ना कुल देवताका मूर्तिहरू नुहाएर शुद्ध पार्ने काम समेत गरीन्छ । तर छायाँनाथ धाममा अन्य समयमा पनि भक्तालु त्यहाँ जाने भएकाले उनिहरुले शिव, महादेवको रुप मानेर दर्शन गर्न पाउदैन । छायाँनाथ धामको तिर्थ यात्र संगै भगवान शिव माहदेव पनि दर्शन गर्न भक्तालु लाई सहज होस भन्ने उदेश्यले मुर्ति स्थापाना गरेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरी जंग शाहीले बताए ।
छायाँनाथको मुर्ति जनै पुर्णिमा मात्र छायाँनाध धाममा लगिन्छ । त्यस पछी मुर्ति लाई छायाँनाथ रारा नगरपालिका २ चैनमा स्थापित छायाँनाथ मन्दिरमा राखिने भएकाले पनि छायाँनाथ धाम जाने दर्शालु भक्तजनले भगवानको दर्शन गर्न पाउदैनन । अब जुनुसुकै समयमा पनि छायाँनाथ धामको तिर्थ यात्रा गर्नेहरुका लागि सहजका लागि मुत्र्ति स्थापाना गरेको नगरप्रमुख शाहीले बताए । छायाँनाथधामको तिर्थ यात्रा साउन शुक्ल अष्टिमिका दिन बाट शुरु हुन्छ ।
मुगु भन्दा बाहिर जिल्लाका दर्शालु भक्तजन समय अभावका कारण साउन शुक्ल अष्टमि भन्दा अगाडी छायाँनाथधाममा जाने र उनिहरुले भगवान शिव,माहदेवको दर्शन गर्न नपाई फकिर्ने गरेका दर्शालु भक्तजन बताउछन ।