होमपेज / समाज
खड्क सुनार, मुगु । मुगुमा नेपाल कम्युनिष्ठ पार्टी नेकपाका कार्यकर्ताले निर्घात कुटपिट गरेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकामा नेकपाका कार्यकताले एक शिक्षकलाई निर्घात रुपमा कुटपिट गरि शक्त घाइते बनाएका छन् ।
सोरु गाउँपालिका३ भिई गाउँ घर भई हालकालिका आधारभुत विद्यालय लिबु्रमा कार्यरत ३४ बर्षिय शिक्षक बिष्णु राजधामीलाई सोमबार राति नेकपाका कार्यक्रर्ताहरुले निर्घात कुटपिट गरी शक्त घाईते बनाएका छन् । भीई गाउँकै मनोज धामीको नेतृत्वमा सोमबार घाईते धामीको घरमा आएका ७जना नेकपा कार्यकर्ताहरुले अपहरण शैलीमा धामीलाई घरबाट पाँच सय मिटर टाढा रहेको काटीया खोलामा लगेर निर्घात कुटपिट गरेर घार्ईते बनाएको दाई डिल बहादुर धामीले जनाए ।
उनकाअनुसार भाईलाई टाउको, पिठ्यु र तिर्घामाचोट लागेको छ । तत्काल उपचारका लागि गाउँमा सम्भवनभएको र सदरमुकाम गमगढी पुग्न २ दिनलाग्ने भएपछि उपचारका लागि जिल्ला प्रशासन कार्यालय मुगुको समन्वयमा हेलिकप्टरको व्यवस्थागरि मंगलबार माउन्टेन हेलिकप्टबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
दिउसो फुटबल खेल्दा विवाद भएको र राति पूर्णिमा मेला लागेको ठाँउमा समेत विवाद भएपछि सुत्न गएका धामीको घरमा सोहि गाँउका मनोज धामि सहितको सातजनाको टोलीगई शिक्षक धामीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको र सोरुकोटबाट भिई गाँउमा गएको प्रहरी टोलीले कुटपिटमा संलग्नहरुको खोजीजारी राखेको प्रहरी प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताएका छन् ।