ट्रेण्डिङ

होमपेज / समाज

‘भ्रष्टाचारको विरोध गरौं विश्वविद्यालय बनाऔं’– उपकुलपति प्राडा सिंह

नेपालगाथा २०७७ श्रावण २१ गते बुधबार १५:००:५५ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालय बनाउन भ्रष्टाचारलाई शुन्य सहनशीलतामा ल्याउनुपर्ने बताउनुभएको छ । उपकुलपति नियुक्त भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उपकुलपति प्राडा सिंहले भ्रष्टाचारले गर्दा नै विश्वविद्यालय बन्न नसकेकाले अब भ्रष्टाचार निर्मुल पार्नु नै आफ्नो पहिलो मिसन भएको बताउनुभयो । 
विगतमा भए गरेका अनियमितता र ढिलासुस्तीलाई सुधार गर्ने काम अघि बढिसकेको बताउँदै उपकुलपति प्राडा सिंहले अब विश्वविद्यालयको नाममा कुरा गर्ने काम नगर्ने प्रवृत्तिलाई समेत शुन्यमा झार्ने बताउनुभयो । 
पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै उपकुलपति प्राडा सिंहले विश्वविद्यालयका सबै पदाधिकारी र कर्मचारीले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेमा विश्वविद्यालयले केही समयमा नै फड्को मार्ने बताउनुभयो । 
विश्वविद्यालयका नाममा किनिएका कुनै पनि जिन्सी सामग्री पदाधिकारीको समयावधि सकिएकै दिन विश्वविद्यालयमा फिर्ता गर्नुपर्ने परम्पराको शुरुवात भइसकेको जानकारी दिँदै उपकुलपति प्राडा सिंहले विश्वविद्यालयको ऐन, नियम र कानुन भन्दा एक इन्च पनि दायाँ बायाँ नजाने बताउनुभयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top